ad ad

खेल


साविक विजेता एपीएफलाई हराउँदै डायमण्ड पहिलो पटक च्याम्पियन

साविक विजेता एपीएफलाई हराउँदै डायमण्ड पहिलो पटक च्याम्पियन

उपाधि जितेपछि न्यु डायमन्डको टोली। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:२८, काठमाडौँ

साविक विजेता नेपाल एपीएफ क्लबलाई पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस् एकेडेमी केएनपी नेरोल्याक राष्ट्रिय महिला प्रतियोगिताको उपाधि उचालेको छ।  

५ पटकको च्याम्पियन एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै डायमण्डले पहिलो पटक प्रतियोगिताको उपाधि उचालेको हो। डायमण्ड पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा डायमण्डले पहिलो सेटमा एपीएफलाई २८–२६ ले हराएको थियो। दोस्रो सेटमा एपीएफले डायमण्डलाई २५–१९ ले हराउँदै खेलमा पुनरागमन गरेको थियो। 

प्रतिस्पर्धात्मक खेलको तेस्रो सेटमा डायमण्डले एपीएफलाई २५–२२ ले हरायो। चौथो सेटमा २६–२४ ले पछि परेको डायमण्डले पाँचौँ तथा अन्तिम सेटमा १५–९ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक उपाधि जितेको हो। 

उपाधिसँगै डायमण्डले ३ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

तेस्रो स्थानको लागि आजै भएको खेलमा विभागीय डर्वीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। पुलिस क्लबले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो। तेस्रो भएको पुलिस क्लबले ७५ हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .