पाँचपटकका बालुन डि’ओर विजेता रोनाल्डोले ४ पटक गोल्डेन बुट जितेका छन्।
रोनाल्डोले विभिन्न तीन लिगका उपाधि हात पारेका छन्। म्यानचेस्टर युनाइेटडमा हुँदा रोनाल्डोले प्रिमियर लिग हात पारे।
रियल मड्रिडमा हुँदा ला लिगा तथा युभेन्ट्सबाट सिरि ए उपाधिका साथै क्लब विश्वकप, युरोकप लगायतका उपाधि रोनाल्डोले हात पारिसकेका छन्।
‘मैले जीवनमा सबै उपाधि र अवार्ड प्राप्त गरिसकेँ। अब मैले कसैलाई म स्टार खेलाडी भनेर प्रमाणित गरिरहनु पर्छजस्तो लाग्दैन।’ ग्लोबल सक्कर इभेन्टमा रोनाल्डोले भने,‘यो संयोग होला मैले जहाँबाट खेले सबै स्थानमा जिते।’
रोनाल्डो भन्छन्,‘च्याम्पियन्स लिग जित्नुले मलाई त्यति खुशी तुल्याउँदैन तर म यो फेरि जित्न चाहन्छु। तर फुटबल भन्दा पछाडि पनि जीवन छ।’
रोनाल्डोले आफूले नयाँ जीवनको लागि आफूलाई तयार गरिरहेको बताउँदै आफूलाई अंग्रेजी सुधार गर्ने र हलिउड चलचित्र निर्माण गर्ने इच्छा भएको पनि बताए।
उनले भने,‘मैले जीवनमा सँधै नयाँ कुरा सिक्ने प्रयास गरे। आफूलाई अभ्यास गराए। म जीवनमा नयाँ विषयमा भाग लिन चाहन्छु। म मेरो अंग्रेजी सुधार गर्न चाहन्छु र मेरो हलिउड चलचित्र बनाउने इच्छा पनि छ।’ मार्का
Shares

प्रतिक्रिया