नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलर्वन स्टार्सले बीग बास क्रिकेटमा पहिलो हार भोगेको छ। शुक्रबार एडिलेड स्ट्राइकर्ससँग ५ रनले पराजित हुँदै टोलीले पहिलो हार व्यहोरेको हो।
किफायती बलिङ गरेका सन्दिपले ३ ओभरमा मात्र १५ रन खर्चेर १ विकेट झारेका थिए। हारसँगै सन्दिपको टोली ४ अंकमा तेस्रो स्थानमा छ। सन्दिपले खेलेका तिनै खेलमा समान एक–एक विकेट लिएका थिए।
१ सय ७५ रनको लक्ष्य पछ्याएको मेलवर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन मात्र जोड्न सक्यो। ग्लेन म्याक्स वेलले ४३ र पिटर ह्याण्ड्सकोम्बले ३४ रन जोडेपनि जितका लागि पर्याप्त भएन।
टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको एडिलेड स्ट्राइकर्सले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रनको योगफल तयार पारेको थियो। एडिलेड स्ट्राइकर्सका जोनाथन वेल्स ६८ रनमा नटआउट रहेको ईनिङस्मा एलेक्स केरीले ४५ रनको योगदान गरे।
मेलवर्नले पहिलो खेलमा ब्रिसवेन हिट र दोस्रो खेलमा होबर्ट हेरिकेन्सलाई पराजित गरेको थियो। यता ३ मध्ये २ मा जित र एकमा अंक बाँडेको स्ट्राइकर्स ५ अंकमा दोस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया