कला


‘होम अलोन २’ मा छु भनेर ट्रम्पले गफ लगाएकै दिन फिल्ममा उनको दृश्य काटियो

‘होम अलोन २’ मा छु भनेर ट्रम्पले गफ लगाएकै दिन फिल्ममा उनको दृश्य काटियो

नेपालखबर
पुस ११, २०७६ शुक्रबार १२:१३,

क्रिसमस इभका दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा रहेको अमेरिकी सैनिकसँग भिडियो कन्फ्रेन्स गरे। एक सैनिकले आफूलाई मनपर्ने फिल्म ‘होम अलोन २’ भएको बताए।

‘अँ त, म त्यो फिल्ममा छु नि,’ ट्रम्पले भने।

त्यसपछि ट्रम्पले फिल्मको प्रशंसा गरे र फिल्ममा आफ्नो भूमिकाबारे बताए।

तर, त्यसको केही समयपछि नै क्यानडाको सीबीसीले यो फिल्म प्रशारण गर्‍यो। तर, सो प्रशारणमा ट्रम्पको दृश्य नै हटाइएको थियो।

सन् १९९२ मा रिलिज भएको होम अलोन २ मा बाल पात्र केभिन म्याकलिस्टर (मकौले कल्किन) परिवारसँग छुट्टिन्छन् र न्युयोर्क पुग्छन्। प्लाजा होटलमा उनले ट्रम्पसँग बाटो काट्छन् र ट्रम्पले उनलाई बाटो देखाइदिन्छन्।

टीभीले भने समयका कारण अन्य फिल्ममा जस्तै यसमा पनि केही दृश्य काटिएको जनाएको छ। तर, ट्रम्पले यसबारे सैनिकहरुसँग कुरा गरेकाले उक्त दृश्य नहटाइएको नभई २०१४ मै हटाइएको उसको भनाइ छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad