खेल


पीपीएल फाइनलः हेवीवेटविरुद्ध युवा जोश

पीपीएल फाइनलः हेवीवेटविरुद्ध युवा जोश

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ११:५७,

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, यूएईका पूर्वकप्तान रोहन मुस्तफा, हङकङका पूर्वकप्तान बाबर हायात, नेपाली फ्रेन्चाइजी क्रिकेटमा लगायतार उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्नी पटेल, नेपालको पहिलो रोजाईका पेश बलर करण केसी अनि घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन दिने भुवन कार्की लगायतका हेवीवेट खेलाडीले भरिएको छ चितवन राइनोज।

अर्कातिर युवा खेलाडीहरु र राष्ट्रिय टोलीका लागि संघर्ष गरिरहेका अनुहारहरु छन्, विराटनगर टाइटन्समा। तीनै युवा खेलाडीको जोशको मद्दतमा प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको विराटनगर शनिबार पोखरा प्रिमियर लिगको फाइनलमा चितवन राइनोजको सामना गर्दैछ।

चितवन राइनोज गतसिजनको पनि उपविजेता टोली हो। फाइनलमा घरेलु टोली पोखरा पल्टनसँग पराजित हुँदै चितवन उपविजेता बनेको थियो। यसपटक भने विजेता बन्ने लक्ष्यसहित उसले अपराजित रहँदै फाइनलमा स्थान बनायो।

कप्तान पारस खड्का लिग चरणकै प्रदर्शनलाई फाइनलमा दोर्याउँदै उपाधि जित्नेमा आशावादी छन्। भन्छन्, ‘टिमको रुपमा हामीले लगातार राम्रो नतिजा ल्याएका छौं। अहिलेसम्म लिगका पाँच खेलमा जसरी अपराजित रहँदै क्रिकेट खेलेका छौं त्यसलाई दोहोयाउनेछौं।’

लिगचरणमा अपराजित रहँदा चितवनका माथिल्लोक्रमका खेलाडीहरुले राम्रो प्रदर्शन गरेका छन्। ओपनर रोहनसँगै तेस्रो नम्बरमा आउने पारस र चौथो नम्बरमा खेलिरहेका बाबरसँगै आरिफ सेखले लगातार शानदार प्रदर्शन दिदैँ आएका छन्।

माथिल्लोक्रमको लगातार राम्रो प्रदर्शनबाट कप्तान पारस खड्का खुशी देखिन्छन्। उनी भन्छन्, ‘माथिल्लो अर्डरले लगातार राम्रो खेलिरहेका छन। आशा गर्छौ फाइनलमा पनि उनीहरुको प्रदर्शन त्यस्तै होस। तर उनीहरु नचलेपनि जोसुँकै खेलाडीलाई जे जिम्मेवारी दिइएको छ त्यो पूरा गरे हामीले सोचेको उपाधि सपना पूरा हुनेछ।’

यो पनि: तेस्रो उपाधिको होडमा पारस

यो पनि: छायाँ कप्तानको कमाल

गत संस्करण फाइनलमा पुगेर पनि हारेको पीडा चितवनसँग छ। पारस यसपटक आफूहरु एकस्टेप अघि जान चाहेको बताउँछन्।
विराटनगरले समूह चरणमा चितवनसँग १८ रनको हारमात्रै ब्यहोरेको थियो। त्यसैले फाइनलमा विराटनगरलाई सजिलो गरि नलिने पारस बताउँछन।

‘विराटनगरले राम्रो खेलेको छ। क्रिकेट त्यस्तो गेम खेलका दिन जसले प्रदर्शन गर्यो, उसैले जित्छ। दुबै टिमले राम्रो र सकरात्मक क्रिकेट खेलेकै कारण फाइनलमा स्थान बनाएको हो, दुबै टिममा म्याच विजेताहरु छन्। त्यसैले हामी हाम्रो उत्कृष्ट क्रिकेट खेलेर नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,’ पारसले भने।

पहिलोपटक फ्रेन्चाइजी क्रिकेट टोलीको कप्तानी गर्दै टोलीलाई फाइनलसम्म पुर्याएका विराटनगरका कप्तान प्रदीप ऐरीले आफूहरुले पाएको लयलाई फाइनलमा पनि कायम राख्ने बताए। विराटनगरले लिगचरणको अन्तिम खेलमा र इलिमिनेटरमा बुटवल ब्लास्टरमाथि सनसनीपूर्ण जित हात पार्दै फाइनलमा स्थान बनाएको हो।

‘हामी आफ्नो लय कायम राख्ने प्रयासमा हुनेछौं। जसले राम्रो खेल्छ र कम गल्ती गर्छ। उसैले जित हात पार्ने हो। हामी आफूहरु पनि कमभन्दा कम मिस्टेक गर्नेछौं,’ प्रदीपले भने।

विराटनगरका विदेशी खेलाडीहरु पुनित मेहरा, मोहम्मद जाइद आलम, नोमन खान राम्रो लयमा छन्। पुनित प्रतियोगिताको सर्वाधिक(२०४) स्कोरर हुन्। जाइद र नोमनको ब्याट र बल दुबै बोल्दैछ। यस्तै लिग चरणमा चितवनविरुद्ध सनसनीपूर्ण ६२ रनको इनिङ्स खेलेका लोकेश बमको प्रदर्शन फाइनलमा हेर्नलायक हुनेछ।

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

यो पनि: फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad