ad ad

खेल


आरिफ र सन्नीको आक्रामक पारीसँगै चितवनद्वारा विराटनगरलाई मध्यम लक्ष्य

आरिफ र सन्नीको आक्रामक पारीसँगै चितवनद्वारा विराटनगरलाई मध्यम लक्ष्य

नेपालखबर
पुस ६, २०७६ आइतबार ५:२०,

आरिफ सेख र सन्नी पटेलको आक्रामक पारी मद्दतमा चितवन राइनोजले पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार जारी खेलमा विराटनगर टाइटन्सलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ।

पाँचौ विकेटका लागि सन्नी र आरिफले १४ बलमा ५४ रनको साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको हो।

आरिफ २० बलमा ३ चौका र ३ छक्कासहित ३९ रनमा नटआउट रहे। यस्तै सन्नीले ८ बलमा नटआउट २७ रनको पारी खेले। उनले १ चौका र ३ छक्का प्रहार गरे।

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

अठारौं ओभरको दोस्रो बलमा बाबर हायात २५ रनमा पवेलियन फर्किएपछि आरिफलाई साथ दिन सन्नी क्रिजमा आएका थिए। दुवैको साझेदारी शुरु हुँदा चितवन ९२–४ को कमजोर स्थितिमा थियो।

जितेन्द्र मुखियाको १९औं ओभरमा सन्नी पटेलले तीन छक्का र एक चौकासहित २७ रन जोडेपछि चितवनले सम्मानजनक स्थितिमा पुगेको हो। किशोर महतोको अन्तिम ओभरको सुरुवाती दुई बलमा आरिफ सेखले चौका र छक्कासहित १३ रन जोडेका थिए।

त्यसअघि पारस खड्काले ३५ रनको पारी खेल्दै चितवनलाई अघि बढाएका थिए। पारसले ३८ बलमा ५ चौका प्रहार गरे। यस्तै रोहन मुस्तफा ७ र अनिलकुमार साह ३ रनमै पवेलियन फर्किए।

विराटनगरका साहब आलमले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १ ओभर मेडन राख्दै १३ रनमात्रै खर्चिएर एक विकेट लिए। यस्तै पुनित मेहराले ४ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए। त्यसबाहेक जितेन्द्र मुखिया, किशोर महतो र मोहम्मद जइद आलामले पनि १–१ विकेट लिए।

पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो। प्रत्येक टिमले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्षमा रहने टोली सोझै फाइनल प्रवेश गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .