ad ad

कारोबार


युनियन लाइफको दोस्रो साधारणसभा

युनियन लाइफको दोस्रो साधारणसभा

नेपालखबर
पुस ६, २०७६ आइतबार ५:२३,

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ।

कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट पेश भएको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.व. २०७४/०७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन मानबमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ।

यसैगरी आ.व. २०७५/०७६ का लागि लेखा परीक्षकको नियुक्ति तथा कम्पनीबाट सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु समेत स्वीकृत गरेको छ।

साधारणसभाले कम्पनीबाट सर्वसाधारणसमक्ष निष्काशन गरिने आईपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडि बढाउने सहमति प्रदान गरेको छ। आईपीओ निष्काशनका लागि यसअघि २०७४ कात्तिक १५ गते भएको प्रथम वार्षिक साधारणसभाले निर्णय गरिसकेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ।

कम्पनीको दोस्रो वार्षिक साधारणसभामा अध्यक्ष सुलभ अग्रवालले मन्तव्य राख्दै नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगति प्रशंसायोग्य रहेको र आगामी दिन प्रभावकारी योजनासहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताए।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले गौरवमय उपस्थिति बनाउन सफल भएको जनाउदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराए।

कम्पनीले देशको संघीय ढाँचाअनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पहुँच कायम गर्न सफल भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .