खेल


चितवनको लगातार तेस्रो जित, प्लेअफ नजिक

चितवनको लगातार तेस्रो जित, प्लेअफ नजिक

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ११:३,

नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा चितवन राइनोज्ले लगातार तेस्रो जित निकालेको छ। पोखरा रगंशलामा शुक्रबार भएको खेलमा शतप्रतिशत नतिजा निकालेको चितवन प्लेअफ नजिक पुगेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा चितवनले एक्सपर्ट धनगढीलाई ५२ रनले पराजित ग-यो। चितवन अंक तालिकाको शीर्ष स्थानमा छ भने धनगढी पुछारमा छ।

चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन मात्र जोड्न सक्यो। धनगढीलाई कम स्कोरमा रोक्न चितवनका भिम कार्कीले ३ विकेट लिए। आफ्नो स्पेलमा कार्कीले २३ रन खर्चे। करन केसी र सन्नी पटेलले समान २ विकेट लिए।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरिले ४९ रनको योगदान गरेपनि जित निकाल्न सकेन। रोड्रिगो थोमसले २४, सन्दिप जोराले २१ र अमृत यादवले १७ रन जोड्न बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। धनगढीका ३ ब्याट्सम्यान खातै नखोली पवेलियन फर्के।

त्यसअघि पोखरा रगंशलामा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रनको योगफल तयारको थियो। ओपनिङ ब्याट्सम्यान रोहन मुस्ताफा ९ रन जोड्दा दिपेन्द्र सिंह ऐरिको बलमा एलबी डब्लु आउट भए। बाबर हायातले ३६ रन जोडेको ईनिङस्मा कप्तान पारस खड्का २३ रनमा पवेलियन फर्के। हरि शंकर शाहले ८ र अनिल शाहले १९ रन जोडे। आरिफ शेख ४७ र सन्नी पटेल ३१ रनमा नटआउट रहे।

आजको खेलमा धनगढीका कमल ऐरि निकै महंगा सावित भए। उनले आप्mनो स्पेलमा ५२ रन खर्चदा १ विकेट पनि झार्न सकेनन्। अनिल खरेल र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। अमित यादवले आप्mनो नाममा १ विकेट लेखाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .