खेल


पीपीएलः चितवनद्वारा धनगढीसामु १ सय ८२ रनको लक्ष्य

पीपीएलः चितवनद्वारा धनगढीसामु १ सय ८२ रनको लक्ष्य

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ९:२७,

पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा चितवन राइनोज्ले एक्सपर्ट धनगढीसामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। पोखरा रगंशलामा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रनको योगफल तयारको थियो।

ओपनिङ ब्याट्सम्यान रोहन मुस्ताफा ९ रन जोड्दा दिपेन्द्र सिंह ऐरिको बलमा एलबी डब्लु आउट भए। बाबर हायातले ३६ रन जोडेको ईनिङस्मा कप्तान पारस खड्का २३ रनमा पवेलियन फर्के। हरि शंकर शाहले ८ र अनिल शाहले १९ रन जोडे। आरिफ शेख ४७ र सन्नी पटेल ३१ रनमा नटआउट रहे।

आजको खेलमा धनगढीका कमल ऐरी निकै महंगा सावित भए। उनले आफ्नो खेलमा ५२ रन खर्चंदा १ विकेट पनि झार्न सकेनन्। अनिल खरेल र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। अमित यादवले आफ्नो नाममा १ विकेट लेखाए। धनगढीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad