खेल


पीपीएलः चितवन राइनोजसँग बुटवलको लज्जास्पद हार

पीपीएलः चितवन राइनोजसँग बुटवलको लज्जास्पद हार

नेपालखबर
पुस ३, २०७६ बिहिबार १०:७,

नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलमा बुटवल ब्लास्टर्सले लज्जास्पद हार व्यहोरेको छ।

पोखरा रगंशलामा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्स चितवन राइनोजसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भयो। जितसँगै चितवन अंकतालिकाको शीर्ष स्थानमा छ भने बुटवल ब्लास्टर्स पुछारमा छ।

चितवनले दिएको २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवल १८ दशमलव ४ ओभरमा ८४ रन जोड्दा अलआउट भयो। शिवम् सिहंले जोडेको ३३ रन नै बुटवलका लागि सर्वाधिक रह्यो।

ओपनिङ ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसकेपछी धरमराएको ब्याटिङ लाईन शिवम् सिहंले केही उकासेका थिए। १२ औं ओभरको अन्तिम बलमा विक्रम भुसालले सिंहलाई भुवन कार्कीबाट ३३ रनमा क्याच आउट गराएपछि चितवनले फराकिलो जित पक्का गरेका थिए।

शिवम्ले ३३ बलमा १ चौका र ३ छक्का प्रहार गरे। भीम सार्कीले २१ र हरिबहादुर चौहानले १२ रन जोड्न बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

तीब्र गतिका बलर करण केसीले ३.४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए। रोहन मुस्तफाले ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए। सन्नी पटेल, भुवन कार्की, विक्रम शोव र विक्रम भुषालले समान १ विकेट लिए।

त्यसअघि बुटवल ब्लास्टर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३ रनको विशाल योगफल तयार पारेको थियो।

चितवन राइनोज

पहिलो संस्करणमा पोखरा पल्टनले विराटनगर टाइटन्सविरुद्ध १ सय ९८ रनको लक्ष्य दिएको थियो। जुन उच्च योगफल रहेको थियो।

चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले। रोहन मुस्ताफा ७० रनमा नटआउट रहेको ईनिङस्मा कप्तान खड्काले ६३ रन जोडे। मुस्ताफाले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। खड्काले ४० बलमा ६ चौका र २ छक्का हाने। आरिफ शेखले ४० रन बनाए। सन्नी पटेल ४ रानमा नटआउट रहँदा बाबर हायातले १ रन जोडे।

बुटवलका लागि अफ्तावबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए। १ ओभर बलिङ गरेका हरि चौहानले १६ रन खर्चे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad