प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने सहमति गरेका छन्।
मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरे।
समारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष देवि प्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक/प्रबर्द्धकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक/प्रबर्द्धकहरुहरुको उपस्थिती थियो।
मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ। हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागी अगाडि बढाईएको र यसबाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया