बुधबार पोखरा रंगशालामा मौसमको कारण १७ ओभरमा खेलाइएको खेलमा काठमाडौंले एक्सपर्ट धनगढीलाई १ सय ६ रनले पराजित गरेको हो।
टस हारेर पहिले व्याटिङ गरेको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतमा निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो।
काठमाडौंका लागि जयकिशन कोल्सावालाले ४६ रन बनाउँदा अमित श्रेष्ठले ३४ रन बनाए।
यद्यपी १८६ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रनमात्रै जोडेपछि काठमाडौं विजयी भएको हो। धनगढीका लागि श्रीमन्थ विजयरत्नेले १५ रन बनाए।
यस्तै रोड्रिगो थोमसले १० रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
धनगढीलाई सस्तैमा समेट्न काठमाडौंका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। यस्तै पवन सर्राफ र सुबाेध भाटीले २/२ विकेट लिँदा सुशान्त भारी र अमृत भट्टराईकाे नाममा १/१ विकेट रह्याे।

प्रतिक्रिया