खेल


एल–क्लासिको भिडन्त बुधबार राति

एल–क्लासिको भिडन्त बुधबार राति

नेपालखबर
पुस २, २०७६ बुधबार ६:५६,

बुधबार लामो समयको प्रतिक्षापछि एल–क्लासिको भिडन्त हुँदैछ। अर्थात् स्पेनिस जायन्ट्स बार्सिलोना र रियल मड्रिड प्रतिस्पर्धामा उत्रँन लागेका छन्।

ला लिगामा हुन लागेको यो सिजनकै पहिलो एल–क्लासिको हो। खेल नेपाली समयअनुसार बुधबार राति १ बजेर ४५ मिनेटमा बार्साको घरेलु मैदान नाउँ क्याम्पमा सुरु हुनेछ।

यसअघि अक्टोबर २६ मा तय भएको खेल करिब दुई महिनापछि हुन लागेको हो।

बार्साको घरेलु मैदानमा हुने तय भएको खेल क्याटलोनिया राज्यमा भएको राजनीतिक प्रदर्शनका कारण स्थगित भएको थियो।

क्याटलोनियालाई स्पेनबाट अलग्याउने पक्षका ९ राजनीतिक नेताहरुलाई अदालतले ९ देखि १३ वर्षसम्म जेलको सजाय सुनाएपछि त्यहाँ आन्दोलन भएको थियो।

ला लिगामा समान १६–१६ खेल खेलेका बार्सा र रियल मड्रिडको समान ३५–३५ अंक छ। गोल अन्तरका आधारमा बार्सा शीर्ष स्थानमा छ भने मड्रिड दोस्रो स्थानमा छ।

आजको खेलले बार्सा र मड्रिड को शीर्ष स्थानका उक्लने पनि छिनोफानो हुनेछ।

हालसम्म ला लिगामा १ सय ७८ पटक एल–क्लासिको प्रतिस्पर्धा भएको छ। जसमध्ये बार्सा र मड्रिडले समान ७२–७२ खेलमा जित हासिल गरेका छन्। ३४ खेलमा दुवैले बराबरी गरेका छन्।

सबै लिगमा बार्सा र रियल मड्रिडबीच २ सय ४२ पटक आमनेसामने भएको छ। जसमा मड्रिड ९५ खेलमा विजयी हुँदा बार्सा ९६ पटक विजयी भएको छ। ५१ खेलमा दुवैले बराबरी खेलेका छन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad