राजनीति


राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक, माघ ९ मा चुनाव

राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक, माघ ९ मा चुनाव

नेपालखबर
पुस २, २०७६ बुधबार ७:२९,

निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो। राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य पदका लागि साे निर्वाचन हुन लागेकाे हाे।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा निर्वाचन कार्यतालिकासम्बन्धी सूचना जारी गरेका हुन्।

कार्यतालिका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरी सोही दिन अपरान्ह ४ बजेसम्म नामावलीमाथि दाबी विरोध गर्ने समय दिइएको छ भने १९ गते अन्तिम नामावली प्रकाशन गरिनेछ।

२० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

राष्ट्रियसभाका १८ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ र ९ गते निर्वाचन हुन लागेको हो। ५९ सदस्य निर्वाचित भएकाेमा चिट्ठा प्रणाली लागु गर्दा १८ सदस्यकाे २ वर्षे कार्यकाल परेकाे हाे। अरू केहिकाे ४ वर्ष र बाँकीकाे ६ वर्ष कार्यकाल रहेकाे छ।

noticeनिर्वाचन आयाेगद्वारा बुधबार जारी सूचना ।

यसपटक कार्यकाल सकिनेमा राष्ट्रिय सभामा कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ। त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ। त्यस्तै, राष्ट्रपतिबाट मनाेनित युवराज खतिवडाकाे समेत कार्यकाल सकिँदैछ। उनी त्यसपछि अर्थमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad