ad ad

खेल


सुदूरपश्चिमले बागमतीलाई दियो ७२ रनको लक्ष्य

सुदूरपश्चिमले बागमतीलाई दियो ७२ रनको लक्ष्य

नेपालखबर
असोज २३, २०७९ आइतबार १४:५४, काठमाडौँ

सोनी पाख्रिनको कसिलो बलिङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशसामु ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १८ दशमलव २ ओभरमा ७१ रन जोड्दा अलआउट भयो। 

अनु कडायतले जोडेको २२ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा २ चौका हान्दै २२ रन जोडिन्। अन्य ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ओपनर रुबी पोडारले जोडेको १२, कप्तान विन्दु रावल ५ रनमा पवेलियन फर्के। रुवीले २१ बलमा १ चौका प्रहार गरिन्। रावल ५ बलमा एलबीडब्लु धरापमा पर्दै आउट भइन्। 

यासु पाण्डे ७ रनमा आउट भइन्। यशोदा विष्ट र सवित्री धानुक शून्य रनमा आउट भए। रितु कनौजिया ३ र डोली भट्ट २ रनमा पवेलियन फर्के। स्नेहा महरा ५ रनमा रन आउट भइन्। 

बागमती प्रदेशकी सोनी पाख्रिन एक्लैले ५ विकेट झारिन्। उनले आफ्नो स्पेलमा १३ रन खर्च गरिन्। र खुसी डंगोलले २ विकेट झारिन्। कृष्मा गुरुङ र अस्मिता खरेलले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .