ad ad

बागमती


सिन्धुपाल्चोक १ बाट माओवादीका सापकोटाको उम्मेदवारी दर्ता

सिन्धुपाल्चोक १ बाट माओवादीका सापकोटाको उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट पोलिटब्युरो सदस्य माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्। 

केही बेरअघि उनले सिन्धुपाल्चोक पुगेर उम्मेदवारी मनोनयन गरेका हुन्।

यस्तै सोही क्षेत्रको प्रदेश सभाअन्तर्गत क्षेत्र नम्बर १ (ख) बाट सरल सहयात्रीले उम्मेदवारी दिए। 

सहयात्री माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष पनि हुन्। 

क्षेत्र नम्बर २ भने नेपाली कांग्रेसको भागमा परेको छ। कांग्रेसका मोहन बस्नेतले यो क्षेत्रबाट टिकट पाएका छन्। उनी यसअघि क्षेत्र नं. १ बाट चुनाव लड्दै आएका थिए। 

क्षेत्र नम्बर २ (ख) माओवादी भागमा परेको छ। सो क्षेत्रबाट निवर्तमान प्रदेश सांसद युवराज दुलालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधि सभा र क्षेृत्र नम्बर २ प्रदेश सभाको दुवै सिटमा उम्मेदवारी दर्ता गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .