कप्तान सविना खातुनको ह्याटिकमा काठमाडौँमा जारी साफ महिला च्याम्पिनयसिपमा बगंलादेशले पाकिस्तानमाथि सानदार जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको पहिलो हाफमा नै ४–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा २ गोल थप्यो।
बंगलादेशको जितमा कप्तान सविनाले ह्याट्रिक गरिन्। मोनिका चक्मा र मोसाम्मत सिरित जोहन सोप्ना र रितुपर्ण चक्माले एक एक गोल गरे।
खेलको तेस्रो मिनेटमा नै बंगलादेशले पाकिस्तानविरुद्ध सुरुवाती अग्रता बनाएको थियो।
बंगलादेशकी मोनिका चक्माले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
खेलको १२ औँ मिनेटमा कप्तान सविना खातुनले पेनानाल्टी एरिया नजिकबाट हानेको प्रहार पोष्टको थोरै माथिबाट बाहिरिँदा बंगलादेशले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। खेलको २८ औँ मिनेटमा मोसाम्मत सिरित जोहन सोप्नाले गोल गर्दै अग्रता दोब्बर पािरन्।
३१ औँ मिनेटमा बंगलादेशले खेलमा ३–० को अग्रता बनायो। कप्तान सविना खातुनले टोलीका लागि तेस्रो गोल गरिन्। पाकिस्तानका डिफेन्डरलाई बिट गर्दै दिएको पासमा कप्तान सविनाले सहज गोल गरिन्।
३५ औँ किनेटमा सञ्जिदा अख्तरको क्रसमा कप्तान सविनाले व्यक्तीगत दोस्रो गोल गरिन्।
खेलका् ५८ औँ मिनेटमा सविना खातुनले ह्याट्रिक पुरा गरिन्। जारी साफ च्याम्पियसिपमा ह्याट्रिक गर्ने सविना पहिलो खेलाडी हुन्। सविनाले मारिया मान्दाको क्रसमा सुन्दर हेडर गोल गर्दै च्याम्पियनसिपमा ह्याट्रिक पुरा गरिन्।
खेलको दोस्रो हाफमा सब्टिच्युट खेलाडी रितुपर्णा चक्माले गोल गर्दै पाकिस्तानविरुद्दको अग्रता ६–० फराकिलो पारिन्। रितुले ७७ मिनेटमा गोल गरेकी हुन्।
पााकिस्तान पहिलो खेलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। बंगलादेशले पनि पहिलो खेलमा मालदिभ्सलाई ३–० लै हराएको थियो।
Shares
प्रतिक्रिया