राजनीति


मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य फैसला गर्छ : ओली

‘देश भयावह अवस्थामा छ, अधोगतिलाई रोकेन भने बर्बाद हुन्छ’
मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य फैसला गर्छ : ओली

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०७९ शनिबार १५:४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशको भाग्य, भविष्य फैसला गर्ने निर्वाचन भएको बताएका छन्। 

विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आलीले देश भयावह अवस्थामा भएको उल्लेख गरे। 

‘भयावह स्थितिमा देश छ। यदी हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। लोकतन्त्रमा निर्वाचनहरू भइरहन्छन्,’ ओलीले अघि भने, ‘मंसिर ४ गते हुने निर्वाचन आउँछ जान्छ जस्तो निर्वाचन होइन्। यो निर्वाचन देशको भाग्य फैसला गर्ने निर्वाचन हुन्छ।’

सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरेपनि हुन्छ भनेजसरी हिँडेको उनले आरोप लगाए। ‘अहिले जे गरेपनि गठबन्धन जोगाउने, गठबन्धनले जे पनि गर्न पाउने हुन थालेको छ। सबैतिर त्यही हुँदै गएको छ,’ ओलीले भने। 

ओलीले हिजो भनेको जस्तो मात्र ‘अति’ अहिले नभएको भन्दै अहिलेको सरकार आएपछि ‘अति’ भएको बताए। 

‘हिजो हामीले हेरेका हौं, अति हो भनेका हौं। सबैले अति भो भनेपछि हामीले पनि अति भो भनेका थियौं,’ ओलीले भने, ‘तर अति भनेको यस्तो पो हुने रहेछ। त्यसबेला अति भो अति भो भनेको अहिले पनि रहेछ।’

अहिले सरुवा भ्रष्टाचार, बढुवा, नियुक्ति,व्यापार, लाइसेन्स जे मा पनि भ्रष्टाचार हुन थालेको ओलीको टिप्पणी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .