ad ad

खेल


कार्यवाहक प्रशिक्षक भन्छन्– बंगलादेशविरुद्ध जितका लागि खेल्दै छौँ

कार्यवाहक प्रशिक्षक भन्छन्– बंगलादेशविरुद्ध जितका लागि खेल्दै छौँ

नेपालखबर
भदौ २, २०७९ बिहिबार १७:२९, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितका लागि नै खेल्ने बताएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)मा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक हुमागाइले राष्ट्रिय टोलीको जिम्मा पाउनु आफ्नो लागि महत्वपुर्ण कुरा भएको बताएका छन्। 

नेपाली मूलका अमेरिकी नागरिक हुमागाईले कर्मभूमि छाडेर जन्मभूमिमा आएकाले जित्ने लक्ष्यमा नै रहेको बताए। 

उनले थपे, ‘अहिले बंगलादेशको टोलीभन्दा पनि नेपालको टिमलाई मुख्य प्राथमिकता दिएको छु।’ 

यसअघि क्लब र एकेडेमीको टोलीलाई हेरिसकेका हुमागाइले यो आफ्नो लागि ठूलो अवसर भएको बताएका छन्। 

प्रशिक्षकको जिम्मेवारी पाएपछि हुमागाईंले अलमुताइरीसँगको विवादमा क्याम्प छाडेका ११ खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका छन्। 

उनले अलमुताइरी र खेलाडीबीचको कुरा आफुले सञ्चारमाध्यमबाट नै थाहा पाएकाले यो विषयमा भने केही नबोल्ने प्रतिक्रिया दिए। 

बंगलादेशसगको मैत्रीपुर्ण खेलका लागि आफुहरुसँग छोटो समय रहेकाले छिटोभन्दा छिटो टोली घटाउने तिर लाग्ने बताए। राष्ट्रिय टोलीको प्राम्भिक चरणमा परेका केही खेलाडी बाहिर रहेकाले उनीहरुले पनि छिट्टै क्याम्पमा सहभागी हुने हुमागाईले बताए। 

उनले भने, ‘केही खेलाडी बाहिर छन् उनीलाई छिटो आउन जोड गरेको छ छैन तर उनीहरु आएपछि प्रशिक्षणमा सामेल हुनेछन्। खेलाडीको क्षमता हेरेर नै टोली बनाउनेछु।’ 

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विदामा रहेका कारण एन्फाले हुमागाइलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो। 

कतार फुटबल संघको सहयोगमा नेपाल आएका अलमुताइरीको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन। कुवेतमा भएको एसियन कप छनोट खेलपछि अलमुताइरी तिन महिनाको बिदामा बसेको बताईएको छ। 

राष्ट्रिय टोलीको औपचारिक प्रशिक्षण शुक्रबारदेखि आर्मीको मैदानमा हुनेछ। प्रशिक्षक हुमागाईले प्राम्भिक छनोटमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नेपालले दशरथ रंगशालामा असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ। 

प्रारम्भिक टोली 
गोलरक्षक
– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट 

फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाईँ, अभिषेक रिजाल, भरत खवास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .