ad ad

खेल


चेल्सी र टोटनहमका प्रशिक्षकमाथि एफएको कारबाही

चेल्सी र टोटनहमका प्रशिक्षकमाथि एफएको कारबाही

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १५:४६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको चेल्सी र टोटनहमबीचको खेलपछि दुई टोलीका प्रशिक्षकबिच भएको विवादलाई लिएर उनीहरुमाथि कारबाही गरिएको छ। 

इन्ज्युरी समयमा थप समयमा खेल बराबरीपछि सिठी बजेपछि क्रुद्ध चेल्सीका प्रशिक्षक एन्थोनी टुचेल र टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेबीच विवाद भएको थियो। 

फुटबल संघले उनीहरु दुवैलाई अनुचित व्यवहार गरेको आरोप लगाएको छ। उनीहमाथि लागेको आरोपको जवाफ दिन दुवैलाई १८ अगष्टसम्मको समय दिइएको छ। 

खेलपछि रेफ्री एन्थोनी टेलरका विषयमा चेल्सीका प्रशिक्षक टुचेलले गरेको टिप्पणीका विषयमा एफएले अनुसन्धान सुरु गरेको छ। उनले आगामी दिनमा टेलरलाई चेल्सीको खेलमा रेफ्री नगर्न सुझाव दिएका थिए। 

खेलमा दोस्रो गोल भएपछि दुई टोलीका प्रशिक्षबीच भनाभन भएको थियो। ६८औँ मिनेटमा स्पर्स हेएबिएररले गोल गर्दै टोटनहमलाई बराबरीमा ल्याएका थिए। रेफ्री टेलरले मिडफिल्डर कार्ड हाभर्ट्जलाई ट्याकल गर्दा रोड्रिगो बेन्टानकरलाई दण्ड नदिएकोमा ब्लुज रिसाएका थिए। बराबरीपछि दुवै टोलीका प्रशिक्षकलाई रेफ्रिले पँहेलो कार्ड देखाएका थिए। 

त्यसपछि झनै रिसाएका दुवै टोलीका प्रशिक्षक खेल सकिएपछि झगडा गरेका थिए। उनीहरु दुवैलाई रातो कार्ड देखाईएको थियो। उनीहरु दुवै अर्को खेलमा डग आउट हुने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .