रेन्जर्स च्याम्पियन्स लिग छनोटको प्ले अफमा प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा युनियन सेन्ट गिलोइसलाई ३–० ले हराउँदै समग्रमा ३–२ को नतिजासहित रेन्जर्सले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको हो।
मंगलबार भएको खेलको ४५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको रेन्जर्सले ५८ औं मिनेटमा अर्को गोल थपेको थियो।
त्यस्तै ७८ औं मिनेटमा अग्रता ३–० मा पुर्याएको थियो। विपक्षी टोलीको तर्फबाट भने कुनै पनि गोल हुन सकेन।
खेलको इन्ज्युरी समयमा युनियन सेन्ट गिलोइसका लाजारे एमानी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
51
Shares
प्रतिक्रिया