खेल


सागमा आइतबार १५ खेल हुँदै

सागमा आइतबार १५ खेल हुँदै

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ६:१६,

नेपालमा जारी विभिन्न खेलहरु काठमाडौं, पोखरा र जनकपुर जिल्लामा भइरहेका छन्।

सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछन्।

जसमध्ये महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ। कुस्ती जनकपुर र अन्य खेलहरु काठमाडौंमा हुनेछन्।

शनिबारसम्मको पदक तालिकाअनुसार भारतले ११९ स्वर्ण जितेको छ भने नेपाल ४३ स्वर्णसहित दोस्रो स्थानमा छ।

पुरुष फुटबलः नेपाल र बंगलादेश

महिला क्रिकेट फाइनलः बंगलादेश र श्रीलंका

सुटिङः सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ। दुई चरणमा खेलाईने खेलको फाइनल आइतबार नै हुनेछ।

स्क्वासः स्क्वासतर्फ आइतबार महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ। सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ।

जुडोः जुडोका खेल आइतबारबाट सुरु हँुदैछन्। आज ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। खेलमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन्। खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ।

बक्सिङः बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ। जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्दैछ।

भारोत्तोलनः पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ।

ह्याण्डबलः ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ। महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन्। पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ।

बास्केटबलः बास्केटबलमा आइतबार पनि लिग चरणको विभिन्न खेल हुनेछन्। नेपालले पुरुष बास्केटबलमा माल्दिभ्ससँग खेल्ने छ। महिलामा नेपालले भुटानसँग खेल्ने।

आजै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ। पुरुषमा नेपालले भारतसँग खेल्नेछ।

पौडीः पौडीमा आइतबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ।

आर्चरीः आर्चरीमा आइतबार विभिन्न खेलहरु हुँदैछन्। आजै विभिन्न विधामा फाइनल खेल पनि हुनेछ।

फेन्सिङः फेन्सिङमा आइतबारदेखि टिम इभेन्ट्सका प्रतिस्पर्धा सुरु हुनेछ।

टेनिसः सातदोबाटोस्थित लनटेनिस कोर्टमा आइतबार विभिन्न स्पर्धाको फाइनल खेल हुनेछन्।

कुस्तीः कुस्तिका खेलहरु जनकपुरमा आइतबार पनि हुनेछन्। नेपालले एक स्वर्ण जितिसकेको छ।

बिच भलिबलः बिच भलिबलमा आइतबार सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन्। महिला र पुरुष दुवैको उपाधि छिनोफानो हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .