ad ad

समाज


मध्यरातमा युनिभर्सल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच भयो यस्तो सहमति

मध्यरातमा युनिभर्सल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच भयो यस्तो सहमति

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ६:११,

सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र भैरहवास्थित युनिभर्सलकलेज कलेज अफ मेडिकल साइन्सेजबीच सहमति भएको छ।

पहिलो वर्षका विद्यार्थीसँग बढी लिएको शुल्क समायोजन गर्ने, दोस्रो वर्षका विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्ने र तेस्रो र चौथो वर्षका विद्यार्थीहरुसँग चिकित्सा शिक्षा आयोगको प्रतिवेदन नआउँदासम्म कुनै पनि शुल्क नलिने सहमति भएको भएपछि आन्दोलनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम फिर्ता गरेका छन्।

शनिबार दिउँसोदेखि चलेको वार्ता मध्यराति पुगेर सहमतिमा बदलिएको हो। सहमतिसँगै विद्यार्थीहरुले कलेजमा लगाउँदै आएको ताला खोलेका छन्।

वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले मध्यस्थता गरेका थिए।

पहिलो वर्षका विद्यार्थीले बुझाएको पहिलो किस्ताको शुलक र केही अतिरिक्त शुल्कबाट त्रिवि रजिस्ट्रेसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिएको रकम कटौती गरी अन्य रकम दोस्रो किस्तामा समायोजन गर्ने, दोस्रो, तेस्रो र अन्य केही थप रकम बुझाएका विद्यार्थीको हकमा सम्बन्धित निकायले तोकेका रकम लिइ अन्य रकम समायोजन र फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने सहमति भएको शिक्षा मन्त्रीका स्वकीय सचिव केसीले  नेपालखबरलाई बताए।

त्यस्तै तेस्रो र चौथो वर्षका विद्यार्थीका हकमा चकित्सा शिक्षा आयोगको प्रतिवेदन नआउँदासम्म कुनै पनि शुल्क नलिने सहमति भएको हो। छात्रावृत्तिमा अध्ययन गर्ने विद्यार्थीका हकमा सरकाले तोकिएबमोजिम गर्ने र बढी लिएको शुल्क संयोजन र फिर्ता गर्ने सहमति भएको हो।

त्यस्तै आन्दोलनरत सिवद्यार्थीसँग कलेज प्रशासनले कुनै पूर्वाग्रह नराख्ने र विद्यार्थीका शैक्षिक समस्या कलेजको एकेडेमिक काउन्सिलमार्फत सम्बोधन गर्ने र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरी शैसक्षक, प्रशासनिक एवं प्राज्ञिक क्रियाकलापहरु सूचारु गर्ने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .