ad ad

खेल


एरिक्सन युनाइटेडमा अनुबन्धित

एरिक्सन युनाइटेडमा अनुबन्धित

नेपालखबर
असार ३२, २०७९ शनिबार ७:२१, काठमाडौँ

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन फ्रि ट्रान्सफरमा म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन्।

युनाइटेडले तीन वर्षको लागि एरिक्सनसँग सम्झौता गरेको हो। 

३० वर्षीय एरिक्सनले आफूमा अझै पनि ठूलो महत्वाकांक्षा रहेको र आफूले अझै पनि धेरै कुरा हासिल गर्न सक्ने उनले बताएका छन्।

उनले युनाइटेड विशेष क्लब भएको बताउँदै आफू यो क्लबबाट खेल्न उत्साहित रहेको बताए। 

जुलाईको सुरुमा सैद्धान्तिकरुपमा एरिक्सन र युनाइटेडबीच अनुबन्धनको सहमति भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .