ad ad

खेल


पाकिस्तानी महिला टोलीले ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्ने

पाकिस्तानी महिला टोलीले  ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्ने

नेपालखबर
असार २६, २०७९ आइतबार १२:३३, काठमाडौँ

पाकिस्तानी महिला फुटबल टोलीले ८ वर्षपछि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले लगाएको निलम्बन हटाएसँगै महिला टोलीले साफ च्याम्पियनसिपमा सहभागिता जनाउने पाकिस्तान फुटबल संघ (पीएफएफ) ले बताएको हो। 

प्रतिबन्ध फुकुवापछि पाकिस्तानले पहिलो पटक महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पिनयसिपमा पठाउने निर्णय गरेको हो। 

पाकिस्तानले पनि साफ च्याम्पिनयसिप खेल्ने भएपछि अब ८ टोलीले स्पर्धा गर्नेछन्। महिला साफ च्याम्पियनसिप भदौं १३ देखि २५ गतेसम्म नेपालमा हुनेछ।

फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई निलम्बन गरेको थियो।

निलम्बन फुकुवासँगै पीएफएफले आगामी महिनादेखि घरेलु प्रतियोगिता सुरु गर्ने जनाएको छ। यस्तै उमेर समुहका विभिन्न स्पर्धामा टोलीलाई पठाउने निर्णय गरेको छ। 

पीएफएफ निलम्बनमा पर्नुअघि राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा, मिडफिल्डर अनिता केसी, सरु लिम्बु र डिफेन्डर गीता राना राष्ट्रिय लिग खेल्न पाकिस्तान पुगेका थिए।

लिग चलिरहँदा पीएफएफ निलम्बनमा परेपछि सबै प्रतियोगिता रद्द भएको थियो। फिफाले सन् २०२२ को जुलाई १ मा पीएफएफमाथिको  निलम्बन फुकुवा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .