१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन्।
लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर निमाले स्वर्ण जितेकी हुन्। यो सागको पाँचौं दिन बिहीबार नेपालले जितेको पहिलो स्वर्ण समेत हो।
यसअघि २०१६ मा भएको १२औं सागमा समेत स्वर्ण जितेकी निमाले आफ्नो लयलाई यस सागमा पनि कायम राखिन। त्यसबेला १६ बर्षे निमाले भर्खरै एस.एल.सिको जाँच दिने तयारी गरेकी थिइन्।
शिलोङ भएको उक्त प्रतिस्पर्धामा निमाले वुशुतर्फ भारत र पकिस्तानलाई पछी पार्दै स्वर्ण जितेकी हुन्। २०१६ को साग नै निमाले भाग लिएकोपहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो।
हाल भने उनको स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ।
योसँगै नेपालको स्वर्ण संख्या ३० पुगेको छ। १५ रजत र २५ कास्य पदक जितेको छ।
प्रतिक्रिया