ad ad

खेल


भुटानविरुद्ध ज्ञानेन्द्रको शतक, भुटानलाई विशाल लक्ष्य

भुटानविरुद्ध ज्ञानेन्द्रको शतक, भुटानलाई विशाल लक्ष्य

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ५:७,

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लको शतकले शतक प्रहार गरेपछि नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो।

टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको खेलमा हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य दिने क्रममा नेपालका कप्तान ज्ञानेन्द्रले ५३ बलमा शतक प्रहार गरे। १८औं ओभरको अन्तिम बलमा क्याच हुनुअघि ज्ञानेन्द्रले ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन बनाए।

ज्ञानेन्द्रको टि-ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो शतक हो। नेपालका लागि यो दोस्रो शतक हो। यसअघि पारसले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए। 

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाएर नटआउट रहे। ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको साझेदारी गरेका थिए।

पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए। पारसको टि-ट्वान्टी आईमा यो चौथो अर्धशतक हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .