ad ad

छापा खबर


हेटौँडा-इनरुवा २८८ किलोमिटर विद्युत् राजमार्ग निर्माण एक वर्षभित्रै सकिने

हेटौँडा-इनरुवा २८८ किलोमिटर विद्युत् राजमार्ग निर्माण एक वर्षभित्रै सकिने

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ४:३०,

विद्युत् प्रसारणको मुख्य राजमार्ग मानिएको पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–इनरुवा २ सय ८८ किलोमिटर डबल सर्किट लाइन निर्माण एक वर्षभित्रै सकिने भएको छ।

तीन खण्डमा निर्माण भइरहेको आयोजनाको उक्त खण्ड निर्माण एक वर्षभित्रै सकिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए ।

‘सन् २०१२/१३ बाट अध्ययन अघि बढाइएको आयोजना एक वर्षभित्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प कोइरालाले लेखेका छन्।

आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने कुल ७ सय ९२ टावरमध्ये ५ सय ८७ वटाको फाउन्डेसन निर्माण कार्य सकिएको छ । फाउन्डेसन सकिएकामध्ये ५ सय ४७ वटा टावर उठाइसकिएको छ।

विश्व बैंकको करिब १६ अर्ब ऋणमा उक्त खण्ड इन्जेलिक इन्टरनेसनल लिमिटेड इन्डिया र जर्मन कम्पनी जेभीले निर्माण गरिरहेको छ । तर, मकवानपुरको थानाभर्‍याङ र हटिया, सर्लाहीको जियाजोर, सिरहाको लाहान र पडरियामा स्थानीयको अवरोधका कारण फाउन्डेसन निर्माण सुरु हुन सकेको छैन। सो स्थानहरूमा रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरिरहेका हुन् ।

हेटौँडा–बुटवल खण्ड निर्माण तयारीमा एमसिए नेपाल
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सहयोगमा स्थापना भएको एमसिए नेपालले हेटौँडा–बुटवल खण्ड ४०० केभी प्रसारण राजमार्ग निर्माणको तयारी गरिरहेको छ ।

लप्सीफेदी (काठमाडौं)–रातमाटे (नुवाकोट), रातमाटे–हेटौँडा, रातमाटे–दमौली र दमौली–न्यु बुटवल गरी ४ खण्डमा करिब ३ सय १३ किलोमिटर प्रसारण लाइन एमसिएले निर्माण गर्न लागेको हो । यसमध्ये हेटौँडा–रातमाटे–दमौली–न्यु बुटवल खण्ड पूर्व–पश्चिम प्रसारण राजमार्गमा पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .