ad ad

खेल


पहिलोपटक टोलीमा परेका बसिर भन्छन् - स्पिनरलाई टोलीमा चुनौती छ तर धेरै गाह्रो छैन

पहिलोपटक टोलीमा परेका बसिर भन्छन् - स्पिनरलाई टोलीमा चुनौती छ तर धेरै गाह्रो छैन

लक्ष्मी जि.सी
असार १४, २०७९ मंगलबार १४:५, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको एक दिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान गरेको छ। 

त्रिकोणात्मक सिरिज अघि राष्ट्रिय क्रिकेट टोलीले क्यानडासँग अभ्यास खेल खेल्नेछ। सिरिजका लागि बायाँ हाते स्पिनर बसिर अहमद पहिलोपटक राष्ट्रिय टोलीमा समेटिए। उनले यसअघि जिम्बाबे ए सँगको अभ्यास खेलमा मौका पाएका थिए। 

छोटो समयमा नै सिनियर टोलीमा स्थान बनाएका बसिरले यति छिटै टोलीमा मौका पाउँछु भनेर आफैंले सोचेका थिएनन्। 

क्लब च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका बसिर सिनियर टोलीमा पर्दा उत्साहित छन्। क्यानडा जानुअघि उनले भने, ‘देशको लागि राम्रो खेल्ने हो, आफ्नो राम्रो प्रदर्शन दिने र अंक तालिकामा नेपाललाई अगाडि ल्याउने हो।’ 

सिनियर टोलीमा पर्न मेहनत गरिरहेका बसिर टोलीमा टिकिरहन चुनौती रहेको स्वीकार गर्छन्। स्पिनरलाई चुनौती छ तर आफ्नो अहिलेको प्रदर्शनलाई निरन्तरता दिन सके त्यति गाह्रो पनि नरहेको उनी सुनाउँछन्। 

क्लबबाट खेल्दा सिनियर टोलीमा पर्न मेहनत गरिरहेका बसिर प्रशिक्षणका क्रममा सिनियर खेलाडीबाट राम्रो सहयोग पाएको बताए। बसिरले भने, ‘सिनियर दाइहरुले सहयोग गर्नुहुन्छ, सिकाउनुहुन्छ।’ 

भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिप आफ्नो लागि ठूलो प्लेटफर्म रहेको बसिरले महसुस गरेका छन्। त्यो मेरो लागि ठूलो मौका थियो, त्यसमा राम्रो गर्नुपर्छ भन्ने थियो। जे सोचेको थिए त्यसरी नै खेले। 

प्रो क्लब च्याम्पियनसिपका बसिर सर्वोत्कृष्ट खेलाडी बनेका थिए। रुपन्देही–११ लाई च्याम्पियन बनाउन उनले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए। बसिरले च्याम्पियनसिपको ५ खेलमा १० विकेट लिनुका साथै ११९ रन बनाएका थिए। 

बसिरले सुरुवातमा लुम्बिनीको एक क्लबबाट खेले। पछि रुपन्देहीमा आएर तिरुपति क्लबबाट खेले। लुम्बिनीलाई यू–१९ राष्ट्रिय च्याम्पियन बनाउन पनि बसिरले उत्कृष्ट प्रदर्शन गरेका थिए। 

नेपालको यू–१९ टोलीबाट एसिया कप खेलिसकेका बसिरले राष्ट्रिय टोलीबाट कस्तो प्रदर्शन गर्छन् त्यो भने हेर्न बाँकी छ। 

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख(विकेटकिपर), देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी (विकेटकिपर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .