ad ad

कला


तीज गीतमा सीमा निर्धारण, जथाभावी गाउन नपाइने

तीज गीतमा सीमा निर्धारण, जथाभावी गाउन नपाइने

नेपालखबर
असार १४, २०७९ मंगलबार १३:३, काठमाडौँ

तीज गीतमाथि राष्ट्रिय लोक तथा दोहाेरी गीत प्रतिष्ठान रेकर्डमा सिमा निर्धारण गरेको छ।

तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको छ। 

प्रतिष्ठानका अध्यक्ष रमेश बिसीले एक विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई वास्ता नगरेमा  साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन्। 

पछिल्ला केही समयमा तीज गीतको नाममा विकृति बढ्दै गएको गुनासो बढेको श्रोताका गुनासालाई ध्यानमा राखेर प्रतिष्ठानले यस्तो आग्रह गरेको हो। 

‘यस वर्ष पनि प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रतिष्ठानले जारी गरेको जारी विज्ञप्तिमा भनिएको छ।  ‘सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवं अभद्र र द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .