ad ad

खेल


महिला भलिबलमा नेपालले गुमायो स्वर्णको मौका

महिला भलिबलमा नेपालले गुमायो स्वर्णको मौका

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १२:१२,

भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेको हो।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले २–१ को अग्रता लिएपनि अन्तिम समय तिर सम्हालिन नसक्दा नेपालले रजतमै चित्त बुझाउनु परेको हो।

पहिलो सेटमा नेपाल भारतसँग २५–१७ ले हारेपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई सेटमा जित हात पारेको थियो।

नेपालले दोस्रो सेटमा २५–२३, तेस्रो सेटमा २५–२१ को जित निकालेको थियो। चौथो सेटमा जित निकालेको भए नेपालले स्वर्ण जित्ने थियो। तर नेपाल त्यसपछी सम्हालिन सकेन।

चौथो सेटमा भारतले २५–२१ को जित निकाल्न सफल भयो। यस उत्कृष्ट पुनरागमन गरेको भारतले अन्तिम सेटमा पनि चौथो सेटको जस्तै लय पक्रियो।

अन्तत पाँचौ सेटमा नेपाललाई भारतले १५–६ को फराकिलो स्कोरमा पराजित गर्दै स्वर्ण जित्यो।

यससँगै नेपाल ऐतिहासिक सफलता हात पार्न असफल भएको छ। आजको खेलमा नेपालले जितेको भए नेपालले सागमा पहिलोपटक स्वर्ण जित्दै इतिहास रच्ने थियो।

यसअघि समूह चरणको खेलमा पनि नेपाल भारत पराजित भएको थियो। त्यसबेला भारतसँग ३–० को सोझो सेटमा पराजित भएको नेपालले मंगलबार भने भारतलाई निक्कै टक्कर दिएको थियो।

सागका तीन संस्करणमा सहभागिता जनाएको नेपाली महिला टोली यसअघि काँस्य पदकमै सीमित रहेको थियो। यसअघि सन् १९९९, २००६ र २०१६ मा नेपाल काँस्यमै सीमित थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .