ad ad

समाज


नेपाललाई पोलीग्राफ अनुसन्धानमा सघाउँदै अमेरिका

नेपाललाई पोलीग्राफ अनुसन्धानमा सघाउँदै अमेरिका

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ११:५८,

अपराध अनुसन्धानका लागि सहयाेगी बनेकाे पाेलिग्राफ परिक्षण प्रविधीमा अमेरिकाले नेपाललाई सहयाेग गरेकाे छ। 

अमेरिकी राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय चपूर रौतहटमा तयार गरिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की र अमेरिकी राजदूतावासको तर्फबाट कार्यक्रम प्रबन्धक कार्ल ए रिशिमले हस्तान्तरणपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रहरीले घटना अनुसन्धानमा आराेपीसँग गर्ने विशेष साेधपुछमा पाेलिग्राफ परिक्षण सहयाेगी बन्दै आएकाे छ। याे प्रविधीले आराेपीले झुठ बाेलेकाे हाे कि सत्य भन्ने पहिचान गर्न सकिन्छ। 

नेपाल प्रहरीमा पोलीग्राफ प्रविधिको शुरुवातदेखि नै यसको विकासको लागि अमेरिकी राजदूताबासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको छ । हालसम्म अमेरिकी राजदूतावासले पोलीग्राफ उपकरण सहित नेपाल प्रहरीका ३९ जना प्रहरी अधिकृतहरुलाई पोलीग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधा सम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नुको साथै पोलीग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्था समेत गर्दै आएको उक्त विभागले जनाएको छ ।

यस्तै अमेरिकी राजदूताबासको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी (पूर्व), जुम्ला, कालीकोट, डोटी र बाजुराका लागि जोडिएका विभिन्न नेटवर्किङ उपकरणहरु प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । उक्त उपकरण हस्तान्तरण कार्यक्रममा नेपाल प्रहरीको तर्फवाट उक्त निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुनिल कुमार श्रेष्‍ठ र अमेरिकी राजदूताबासको तर्फवाट कार्यक्रम प्रबन्धक कार्ल ए रिशिमले हस्तान्तरणपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .