खेल


तेक्वान्दोको पुम्सेमा फेरि स्वर्ण, नेपालको स्वर्ण संख्या १५ पुग्यो

तेक्वान्दोको पुम्सेमा फेरि स्वर्ण, नेपालको स्वर्ण संख्या १५ पुग्यो

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १२:२६,

यो सँगै तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ भने पुरा स्वर्ण १५ पुगेको छ।

२३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो।

नेपाली टोलीले ७.९२० स्कोर गर्दा श्रीलंकाको टोलीले ७.८१० र कास्य पदक विजेता पाकिस्तानको ७.५२० स्कोर प्राप्त गरेको थियो।

सोमबार तेक्वान्दोमा १३ फाइनल भएका थिए। जहाँ नेपालले ७ स्वर्ण, एक रजत र एक कास्य हात पार्यो।

(हालसम्म नेपालले जितेको स्वर्ण)

तेक्वान्दोः

-पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

-महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

-महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

-महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य 

-पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

-महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)

-महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

कराँतेः

-एकल काताः मन्डेकाजी श्रेष्ठ

-महिला टिम काता

-पुरुष टिम काता

-पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

-पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

-महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

-कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

ट्रायथ्लनः

-ट्राइथ्लन महिलाः सोनिका गुरुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad