विवादका बीच सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका ड्र गरिएको छ। ड्र अनुसार उद्घाटन खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बिसीसी) भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार गरेको टाइसिट ‘ड्र’ मा मच्छिन्द्र र बिबिसीबीचको पहिलो खेल मंसिर २८ गते हुनेछ। ‘ड्र’ सुरु नहुँदै लिग नियमावली उपलब्ध नगराएको भन्दै साविक विजेता मनाङसँग एनआरटी र च्यासल युथ क्लबले बहिष्कार गरेका थिए।
एन्फाले आइतबारसम्म नियमावली उपलब्ध गराउने भनेपनि मनाङ अध्यक्ष छिमि उर्गेन गुरुङ, च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र एनआरटीका सुरेन्द्र श्रेष्ठले ‘ड्र’ कार्यक्रम छाडेर हिडेका थिए। दोस्रो दिन मंसिर २९ गते दुई खेल सिएमजी क्लब संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ।
मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ र एपिएफबीच हुने तय भएको छ। पहिलो चरणको अन्तिम दिन पुष १ गते रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच हुनेछ। फागुन ३ गतेसम्म चल्ने लिग दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ।
मनाङका अध्यक्षले एन्फाले यसअघि नै लिग नियमावली उपलब्ध गराउने भनेपनि नगराएपछि आफूहरुले टाइसिट ड्र छाडेको बताए। टाइसिट बहिष्कार गरेपनि आफूहरु भने खेलमा सहभागी हुने उनले बताए।
यस्ताे छ खेल तालिका :


प्रतिक्रिया