१३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न दिने सिफारिस भएको छ।
खड्कासँगै भारोत्तोलनका कमल अधिकारीको नाम सिफारिस गरिएको सागका सेभ दि मिसन पिताम्बर तिमल्सिनाले जानकारी दिए। अधिकारीले ईन्डोनेसियाको जकार्तामा भएको एशियाली खेलकुदमा पनि नेपालको झण्डा बोकेका थिए।
त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापालाई निर्णायककातर्फबाट सपथ लिन लगाउने सिफारिस भएको छ। सन् २०१६ को रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जज बसिकेका थापा ब्याडमिन्टन एसियाका सिरियर अम्पायर हुन्।

प्रतिक्रिया