खेल


सन्तोष साहुखलसहित तीन जापानिज खेलाडीले च्यासलबाट खेल्ने

सन्तोष साहुखलसहित तीन जापानिज खेलाडीले च्यासलबाट खेल्ने

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १४:१७,

च्यासलले युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानीज खेलाडीलाई अनुबन्धन गर्ने भएको छ। एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो।

च्यासलले यस अघि नै एक जापानीज खेलाडीलाई अनुबन्धन गरिसकेको छ। मिडिफिल्डर जुन इचि ओजावालाई च्यासलले चन्द्रागिरी गोल्डकपमा समेत खेलाएको थियो । त्यसैगरी सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताएका छन्।

च्यासलले अन्य दुई जापानी खेलाडीलाई भित्राउन लागेको हो । हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो। हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दथिए। उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ । ताइगो नाकामुरा जापानीजत राष्ट्रिय यू १५ टिमका कप्तान समेत भएका थिए।

उनीले लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए। यस अघि नै आवद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे। मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन्।

च्यासलले अन्य खेलाडीलाई पनि आवद्ध गराइसकेको छ। ललितपुरको अर्काे क्लब थ्रीस्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासले आवद्ध गराउन सफल भएको छ। गोलरक्षक एलन न्यौपाने, मिडफिल्ड सुनिल वल, डिफेन्डर दिनेश राजवंशी, नितिन थापालाई समेत च्यासलले आवद्ध गरेको छ।

यी चार जना नै थ्रीस्टारबाट खेल्थे। छिरिङ्ग गुरुङ, हेमन्त थापामगर च्यानलमै रहेका छन्। सहायक कोचमा वाल गोपाल साहुखललाई आवद्ध गरेको च्यासलका अध्यक्ष रमेश ब्याञ्जनकारले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .