खेल


फुटबलसहित चार खेलको टिकट मूल्य तय

फुटबलसहित चार खेलको टिकट मूल्य तय

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १४:४६,

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य तय गरेको छ।

राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो। सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ।

यस्तै, भलिबल र बास्केटबलको टिकट मूल्य ५ सय राखिएको छ। क्रिकेटको टिकट मूल्य २ सय देखि ५ सयसम्म पर्ने राखेपले जनाएको छ। क्रिकेटको समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मुल्य रहने राखेप सदस्यसचिव रमेशकुमार सिलवालले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad