खेल


अमेरिका छाडेर चीन रोजेकी इलिनलाई बेइजिङ ओलम्पिकमा तेस्रो स्वर्ण

अमेरिका छाडेर चीन रोजेकी इलिनलाई बेइजिङ ओलम्पिकमा तेस्रो स्वर्ण

नेपालखबर
फागुन ६, २०७८ शुक्रबार ११:१८, काठमाडौँ

चीनको बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा सहभागी इलिन गुले आफ्नो व्यक्तिगत तेस्रो स्वर्णपदक जितेकी छिन्।

शुक्रबार भएको फ्रिस्टाइन स्क्रिङ हाफपाइपको फाइनलमा जित हात पार्दै उनले स्वर्णपदक हात पारेकी हुन्। उनी एउटै ओलम्पिकमा तेस्रो स्वर्णपदक जित्ने पहिलो फ्रिस्कियर खेलाडी बनेकी छिन्। 

सञ्चारमाध्यमसँगको कुराकानीमा उनले स्वर्णपदक जितेको मा निकै खुसी लागेको बताइन्। अमेरिकामै जन्मिएर हुर्किएकी इलिनले अमेरिका छाडी चीनकाे लागि खेल्ने निर्णय गरेकी थिइन्।

‘मलाई यो स्थानमा आइपुग्न र युवाहरुलाई उनीहरुको सपना पूरा गर्न प्रेरित गर्न सफल भएकोमा निकै खुसी लागेको छ’, उनले भनिन्, ‘म यो नतिजाबाट निकै खुसी छु, मैले आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गरेको थिएँ।’ 

इलिन यो ओलम्पिकको सबैभन्दा लोकप्रिय अनुहार बन्न पुगेकी छिन्। उनी आफूले यो ओलम्पिकको लागि निकै मेहनत गरेको बताउँछिन्। धेरैपटक असफल भए पनि अहिले जित हात पारेको र आफ यो जितको हकदार पनि रहेको उनको भनाइ छ।

यो पनि हेर्नुहोस्- अमेरिकामा जन्मे हुकेर्की इलिन, जसले चीनका लागि पहिलो स्वर्ण जितिन्
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad