ad ad

खेल


अमेरिकामा जन्मे हुकेर्की इलिन, जसले चीनका लागि पहिलो स्वर्ण जितिन्

अमेरिकामा जन्मे हुकेर्की इलिन, जसले चीनका लागि पहिलो स्वर्ण जितिन्

नेपालखबर
माघ २९, २०७८ शनिबार १७:५४, काठमाडौँ

जारी विन्टर ओलम्पिकको स्की फ्रिस्टाइलमा स्वर्णपदक जितेसँगै इलिन जीयू(१८ वर्ष) आयोजक राष्ट्र चीनमा चर्चित बनेकी छिन्। विन्टर ओलम्पिकमा स्वर्ण जित्ने उनी पहिलो चिनियाँ महिला खेलाडी पनि हुन्। 

अमेरिकन बुबा र चिनियाँ आमाबाट सान फ्रान्सिस्कामा उनको जन्म भएको हो। उनको हुर्काई र अध्ययन पनि त्यही अघि बढ्यो। तीनवर्षको उमेरबाटै उनले स्की सिक्न थालेकी हुन्। २०२० मा १६ वर्षको उमेरदेखि उनले स्कीको व्यवसायिक खेलाडीको पहिचान पाईसकेकी थिइन। 

सुरुवातमा उनले आफूलाई अमेरिकन नागरिककै रुपमा चिनाउँथिन। अमेरिककै प्रतिनिधित्व गर्दै थुप्रै खेलहरुमा भाग लिइन। सन् २०१९ देखिमात्रै उनले चीनलाई प्रतिनिधित्व गर्न लागेकी हुन। जहाँ उनलाई जीयू एईलिङका नामले चिनिन्छ। तर उनको बसाई अझैप्नि अमेरिकामै छ। 

उनले इन्स्ट्राग्राममार्फत चीनको प्रतिनिधित्व गर्नुको कारण खुलाएकी थिइन। 

‘म आफ्ना पुर्खाहरुप्रति गर्व गर्छु र अमेरिकामा हुर्किनुको पनि मलाई त्यति नै गर्व छ,’ उनले लेखेकी थिइन्, ‘मेरो आमा जन्मिएको भूमि चीनका लाखौं युवाहरुलाई उप्रेरित गर्न विन्टर ओलम्पिक मेरो लागि ठूलो अवसर हुनेछ।’

उनी बेइजिङ ओलम्पिकका स्कीका महिला फ्रिस्की हाफ–पाइप, स्लोपस्टाइल र बिग एयर विधामा छनोट भएकी थिइन। उनले बिग एयर विधामा स्वर्ण जित्दै सनसनी मच्चाएकी हुन। 

स्पोर्टस आइकन हुनुका साथसाथै उनी सामाजिक सञ्जालमा पनि चर्चित छिन्। चीनियाँ सामाजिक सञ्जाल विइबोसहित इन्स्ट्राग्राम र टिकटकमा उनका लाखौं फलोवर्सहरु छन। 

चीनमा मात्रै उनलाई २०  कम्पनीहरुले स्पोन्सर गरेका छन। त्यसबाहेक अमेरिका र बहुराष्ट्रिय कम्पनीहरुपनि उनीसँग जोडिएका छन। रिपोर्टहरुका अनुसार २०२१ मा उनले स्पोन्सरहरुबाट मात्रै १५.८ मिलियन कमाई गरेकी थिइन। 

खेलाडीका साथसाथै उनी मोडल पनि हुन्। लक्जरी ब्रान्डहरुका साथसाथै उनी प्रशिद्ध म्यागेजिनको कभर पेजमा समेत छाइसकेकी छिन्। 

फोब्र्स म्यागेजिनले २०२० मा उनलाई चीनको ३० वर्षमुनिका ३० उत्प्रेरित व्यक्तिको सुचीमा समेत समावेश गरेको थियो। त्यसबेला उनी १७ वर्षकी मात्रै थिइन। 

अमेरिकन हुन् कि चिनियाँ भन्ने प्रश्नको उनले बेला बेला सामाना गरिरहनुपर्छ। इलेनले पनि आफ्नो नागरिकताबारे खुलेर सार्वजनिक रुपमा बोलेकी छैनन्। 

‘हेराई, बोलाई र गराईले म पूर्ण रुपमा अमेरिकन हुँ,’ उनी भन्छिन्, ‘म अमेरिकन हुँ भन्ने कसैले पनि अस्वीकार गरेको छैन। जब म चीन जान्छु, त्यहाँ चिनियाँ होइन भन्ने कसैले पनि अस्वीकार गर्दैनन् किनकी त्यहाँको भाषा फरफर्ती बोल्छु, संस्कृतिसँग राम्रो घुलमिल छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .