ad ad

खेल


ए डिभिजन लिगः आज तीन खेल हुँदै

ए डिभिजन लिगः आज तीन खेल हुँदै

नेपालखबर
पुस ३, २०७८ शनिबार ७:४२, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार पाँचौं चरणका ३ खेल हुँदैछन्। यीमध्ये दुई खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ। 

पहिलो खेलमा दिउँसो १ बजे च्यासल  र जावलाखेल क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। च्यासलले अहिलेसम्मका चार खेलमध्ये एक जित र एक बराबरीसहित ४ अंक पाएको छ भने जावलाखेलले एक बराबरीबाट समान खेलमा १ अंक मात्र हात पारेको छ। 

दोस्रो खेलमा पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ। 

तेस्रो खेलमा पौने ५ बजे थ्री स्टार र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। यी दुवै टोलीले यसअघिका चार खेलबाट एक जित र दुई बराबरीसहित ५ अंक हात पारेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .