ad ad

खेल


पहिलोपटक पोखरामा हुँदै ए डिभिजन लिगको खेल

पहिलोपटक पोखरामा हुँदै ए डिभिजन लिगको खेल

नेपालखबर
पुस ३, २०७८ शनिबार ६:४५, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग इतिहासमा नै पहिलोपटक पोखरा रंगशालामा शनिबार खेल हुँदै छ। 

लिगमा पहिलो पटक मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब उपत्यका बाहिर खेल्दै इतिहास रच्ने दाउमा छन्।  होम एण्ड अवेको अवधारणा अघि सारिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक काठमाडौ बाहिर लिग गर्न लागेको हो। 

पोखरा रंगशालालाई घरेलु मैदान मानेको मनाङले आज पुलिस क्लबसँग खेल्नेछ। पोखरा रंगशाला मनाङ र पुलिस क्लब दुवैका लागि भाग्यशाली ठहरिँदै आएको छ। 

मनाङले लिग चरणका ३ खेल पोखरा रंगशालामा खेल्नेछ। 

पोखरा रंगशालामा हुने खेलमा विपक्षी टोलीलगायत अन्य सम्पूर्ण खर्च मनाङले व्यहोर्नेछ। लिग आयोजना गर्दा आउने सबै आम्दानी पनि मनाङको नै हुने एन्फाले जनाइसकेको छ। 

आज नेपाल पुलिस क्लबविरुद्धको खेल मनाङका लागि महत्वपूर्ण छ। एफसी कप च्याम्पियनसिपका लागि दाबेदार देखिएका आर्मी र मछिन्द्रले पाचौँ चरणमा बराबरी गरेकाले मनाङले पुलिस क्लबलाई हराएमा त्यसको फाइदा लिन सक्नेछ। 

तर, पोखरा रंगशालामा भाग्यमानी बन्दै आएको पुलिस क्लब पनि जितको लागि नै मैदान उत्रिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .