ad ad

खेल


टि ट्वान्टी क्रिकेटमा न्यूजील्यान्डसँग इङ्ल्यान्ड २१ रनले पराजित

टि ट्वान्टी क्रिकेटमा न्यूजील्यान्डसँग इङ्ल्यान्ड २१ रनले पराजित

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ७:३६,

न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ। यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ।

यसअघि गत शुक्रबार भएको पहिलो टी२० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको थियो।

आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। न्यूजील्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१ रन तथा जिम्मी निशामले २२ बलमा ४२ रन बनाएका थिए। निशामले चार छक्का प्रहार गरेका थिए।

जवाफमा इङ्ल्यान्डको टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन। चार विकेटमा ९१ रन बनाएको इङ्ल्यान्डले १५५ रनमा सबै विकेट गुमाएको थियो। न्यूजील्यान्डका लागि मिचेल सान्ट्नरले २५ रन खर्चेर तीन विकेट तथा टिम साउदी, लकी फर्गुसन र ईस सोढीले दुई दुई विकेट लिएका थिए।

अन्तिम टी२० खेल आगामी मंगलबार नेल्सनमा खेलिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .