खेल


साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने

नेपालखबर
असोज २८, २०७८ बिहिबार ४:५२, काठमाडौँ

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्।

माल्दिभ्सको मालेस्थित नेसनल स्टेडियममा बुधबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई ३–१ गाेलअन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेकाे हाे। 

यसअघि बुधबारै अपराह्न भएकाे प्रतिस्पर्धामा बगंलादेशलाई एक/एक गोलको बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनल पुगेको नेपाल र भारत अब उपाधिका लागि असोज ३० गते भिड्ने भएका हुन्। 

नेपाल साफ इतिहासमा पहिलोपटक उपाधि जित्ने योजनामा छ।

साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।

उता  भारत भने आठौँपटक उपाधि हत्याउने दाउमा रहनेछ। भारतले यसअघि सातपटक साफ उपाधि जितिसकेको छ। साफमा भारत सर्वाधिक सफल टोली हो। 

यसपटक लिग चरणमा अपराजित रहँदै भारतले फाइनल यात्रा तय गर्दा नेपाल भारतसँग मात्र हारेकाे थियाे। सुरुमा लगातार दाेस्राे खेल जितेकाे नेपाल आफ्नो तेस्रो खलमा भारतसँग १–० को गोलअन्तरले हारेकाे हाे। 

अब फाइनल खेल नेपालका लागि भारतसँग लिग चरणमा भोगेको हारको बदला लिने अवसरसमेत हो। 

नेपाल र भारत २८ वर्षपछि दक्षिण एसियालीस्तरको प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन्।

यी दुई टोलीबीच यसअघि हाल दक्षिण एसियाली खेलकुद (साग) का नामले चिनिने तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को छैटौं संस्करणको फाइनलमा भेट भएको थियो।

सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारत स्वर्ण पदकका लागि भिडेका थिए। त्यो  खेलमा नेपालले टाइब्रेकरमा ४–३ ले भारतलाई हराएको थियो।  त्यसयता यी दुई टोली पहिलोपटक अहिले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। 

त्यो फाइनल खेल निर्धारित समयमा २–२ को बराबरी भएपछि नेपालले टाइब्रेकरमा जितेकाे थियो।

आठौँ सागसम्म फुटबलमा सिनियर टोलीले स्पर्धा गर्ने गरे पनि नवौं सागदेखि २३ वर्षमुनिको टोलीले खेल्ने गरेका छन्। 

याे पनि : ​साफमा नेपाललाई ऐतिहासिक सफलता, बंगलादेशलाई रोक्दै फाइनलमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad