ad ad

खेल


सुमन खतिवडाः चितवनलाई च्याम्पियन बनाउने नायिका

सुमन खतिवडाः चितवनलाई च्याम्पियन बनाउने नायिका

यज्ञराज जोशी
कात्तिक ७, २०७६ बिहिबार १४:२२,

क्रिकेट एउटा टिम गेम हो। टिमले जित्न एघारै खेलाडीले उत्तिकै मेहनत गर्नुपर्छ। तर, कहिलेकाँही ठूला खेलहरुमा कुनै खेलाडीको यस्तो प्रदर्शन देखिन्छ, जसले म्याचको रुपरेखा मात्रै फेर्दैन, खेलाडीलाई पनि स्टार बनाइदिन्छ।

सुमन खतिवडा चितवन राइनोजका लागि त्यस्तै नाम बनेको छ। उनले नेपालमा पहिलो पटक आयोजना भएको महिलाको फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको उपाधि जिताउन म्याच उइनिङ पारी खेलिन। उनको पारीले चितवनलाई च्याम्पियन त बनायो नै राष्ट्रिय टोलीमा पर्न संघर्ष गरिरहेकी यी अलराउण्डरको भाग्य फोरिने सम्भावना पनि बलियो बनायो।

यो पनि: सिर्जना जोशी: क्रिकेटकी कुशल व्यवस्थापक

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा सुमन बल र ब्याट दुवैमा छाइन्। चितवनका लागि ब्याटमार्फत सर्वाधिक स्कोर बनाएकी उनले विपक्षीका महत्वपूर्ण ३ विकेट झारिन्।

टस हारेर ब्याटिङमा उत्रेको चितवनलाई विजयी ११२ रन जोड्न सुमनले सर्वाधिक २९ रन जोडेकी थिइन्। चितवनले दुई विकेट गुमाएर पछि क्रिजमा आएकी सुमनले २५ बलमा ४ चौकासहित २९ रन जोडिन्। उनले ऋतु कनौजियासँग मिलेर ३५ रनको महत्वपूर्ण साझेदारी पनि गरिन्। १५औं ओभरको तेस्रो र चौथो बलमा लगातार दुई चौका प्रहार गरेकी सुमन सोही ओभरको अन्तिम बलमा बोल्ड भएकी थिइन्।

suman5.png

बलिङतर्फ पनि उनी उत्तिकै प्रभावशाली देखिइन्। काठमाडौंकी ओपनर शोभा आलेलाई बोल्ड पादै उनले चितवनलाई पहिलो सफलता दिलाएकी थिइन्। यस्तै १५औं ओभरको तेस्रो र चौथो बलमा लगातार विकेट लिदैँ सुमनले विपक्षीको कम्मर तोडेकी थिइन्। तेस्रो बलमा उनले ममता थापालाई बोल्ड गरिन् भने चौथो बलमा सरस्वती चौधरीलाई खाता नै खोल्न नदिई एलबिडब्लुको धरापमा पारिन्।

सुमनकै त्यही उत्कृष्ट अलराउण्ड प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याचको पुरस्कार दिइएको थियो। उनको प्रदर्शनबाट प्रभावित पुरस्कार वितरण समारोह नजिक पुगेका दर्शकहरुले पनि उनकै नाममा हुटिङ गरेका थिए।

यो पनि: पारसलाई नफर्काउने क्यानको चाहना

यो पनि: आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा

क्रिकेट खेलेर दर्शकबाट हुटिङ पाएको सुमनले यो पहिलो पटक थियो। आफ्नो प्रदर्शनले टोली च्याम्पियन बनाउँदा र दर्शकहरुबाट हुटिङ पाउदा उनी दंग थिइन्। ‘बाहिरबाट चियरअप धेरै थियो। उहाँहरुको हौसलाले नै हामीलाई थप अघि बढ्ने प्रेरणा दिन्छ’ नेपालखबरसँग कुरा गर्दै सुमनले भनिन्, ‘पहिलोपटक महिलाको व्यवसायिक लिग भएको थियो। पहिलो उपाधि नै आफूहरुले जित्दा धेरै खुशी लागेको छ।’

राष्ट्रिय टोलीको सपना

suman2.jpg

आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद सागका लागि उनीसहितको नेपाली महिला क्रिकेट टोली अहिले बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणमै रहेका बेला वुमन्स च्याम्पियन्स लिगमा गरेको महत्वपूर्ण प्रदर्शनले सुमनको राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा हुने संकेत देखिएको छ।

यसअघि उनी दुई पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा भने अटाउन सकेकी थिइनन्। यसपटक भने वुमन्स च्याम्पियन्स लिगको प्रदर्शनले आशा अझै बढाएको उनी बताउँछिन्।

यो पनि: सपना पूरा भएको दिन

यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार 

‘नेशनल टिमबाट खेल्ने सपना हो। प्रदर्शन पनि राम्रो भइरहेको छ,’ सुमनले भनिन्, ‘अहिले क्याम्पमा छु। प्रदर्शन राम्रो भइरहेकाले यसपटक टोलीमा पर्छु जस्तो लागेको छ। यदि टोलीमा परँे भने देशलाई जिताउन हरसम्भव प्रयास गर्नेछु।’

मंसिरमा हुने सागमा दक्षिण एसियाली महिला टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ। टोलीमा परे सुमनको चाहना भारतलाई पराजित गर्ने हुनेछ। उनी कारण दिदैँ भन्छिन्, ‘भारत भनेको विश्वकप जित्ने प्रतिस्पर्धी टिम हो। उनीहरुलाई जित्दा नेपालमा महिला क्रिकेटमाथि हेर्ने दृष्टिकोणमा फरक आउनेछ। धेरैको ध्यान खिच्नेछ। लगानी बढ्नेछ। त्यसैले भारतलाई हराउन मन छ।’

suman4_1.jpg

सामाखुशी ग्रिनल्याण्ड स्कुलमा पढ्दाखेरि नै उनले क्रिकेट खेल्न थालेकी हुन्। सुरुमा स्कुले प्रतियोगिता हुँदै उनी क्षेत्रीय र राष्ट्रिय प्रतियोगिता समेत खेलिन्। देशमै भएका अत्तरिया कप, पीएम कपमा सहभागिता जनाइसकेकी उनले अघिल्लो वर्ष राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीसँगै बंगलादेशमा पनि महिला क्रिकेट लिग पनि खेलेकी थिइन्।

यो पनि: कप्तानीका लागि म तयार भएर बस्नुपर्छ भन्ने लाग्दैनः ज्ञानेन्द्र मल्ल(अन्तर्वार्ता)

यो पनि: पारसले ट्विस्ट देलान्?

उनलाई प्रशिक्षणमा भने राष्ट्रिय पुरुष टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले साथ दिइरहेका छन्। ज्ञानेन्द्र मल्लकै एकेडेमी काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा उनी दैनिक दुई घण्टा पसिना बगाउछिन्। जहाँ एकेडेमीले दैनिक १२ देखि २ बजेसम्म उनीहरुलाई निःशुल्क प्रशिक्षणको व्यवस्था गरेको छ। त्यसबाहेक बिहान बेलुका उनी आफै अभ्यास गर्छिन। फिट हुन जिम जान्छिन्।

पाँच जनाको परिवारकी उनी जेठो सन्तान हुन्। क्रिकेटका लागि घरबाट राम्रै सपोर्ट रहेको उनी बताउँछिन्। ‘आमा पनि एथ्लेटिक्सकी नेशनल खेलाडी नै भएकाले होला घरबाट राम्रो सपोर्ट छ,’ उनले भनिन्, ‘आमाले २०११ मासगरमाथाको आरोहण गर्नुभएको थियो। अब मैले पनि ट्रफी लिएर घर जाँदा सबैजना एकदमै खुशी हुनुहुन्छ।’

यो पनि: सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा

यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ

यो पनि: छायाँमा परेको एउटा प्रदर्शन 

 यो पनि: च्याम्पियन श्यान्टुले खोजेको एक माैका

यो पनि- क्यान विवाद सुल्झाउन पर्दा पछाडि खटेका राजेश्वर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .