ad ad

राजनीति


उम्मेदवार छनौट गर्न बोलाइएको कांग्रेसकाे बैठक बस्दै नबसी स्थगित

उम्मेदवार छनौट गर्न बोलाइएको कांग्रेसकाे बैठक बस्दै नबसी स्थगित

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १३:४२,

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो।

पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिले बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गरी केन्द्रलाई पठाउनुपर्नेमा धेरै उम्मेदवारको नामावली आएपछि त्यसबारे छलफल गर्नुपर्ने देखिएकाले बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा प्रस्ताव गरिएका विषय बारेमा छलफल यथेष्ट नभएकाले औपचारिक बैठक बस्न नसकेको उनले बताए।

पार्टीले जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिलाई ३ जना उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन गरेको थियो। तर सबै स्थानबाट ३ जना भन्दा बढी उम्मेदवारको नाम केन्द्रमा पठाईएको छ।

प्रवक्ता शर्माका अनुसार सबै भन्दा बढी कास्कीबाट १६ जना, भक्तपुरबाट १० जना, बाग्लुङबाट ४ जना र दाङबाट ११ जनाको नाम प्राप्त भएको छ। पुनः सिफारिस गरी पठाउन निर्देशन गर्ने वा केन्द्रले नै निर्णय गर्ने भन्ने सन्र्दभमा छलफल गरि निर्णय गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .