खेल


केन्याका इलुडले जिते टोक्यो ओलम्पिकको पुरुष म्याराथनमा स्वर्णपदक

केन्याका इलुडले जिते टोक्यो ओलम्पिकको पुरुष म्याराथनमा स्वर्णपदक

नेपालखबर
साउन २४, २०७८ आइतबार ११:४७, काठमाडौँ

केन्याका इलुड किपचोगेले टोक्यो ओलम्पिक २०२० अन्तर्गतको पुरुष म्याराथनमा स्वर्णपदक जितेका छन्। 

इलुडले ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण जितेका हुन्। ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै स्वर्ण आफ्नो नाममा गरेका हुन्।  

इलुडले सन् २०१६ को रियो ओलम्पिकमा पनि स्वर्ण जितेका थिए। उनले रियो ओलम्पिकभन्दा ६ सेकेन्डले आफ्नो समय पनि सुधार गरेका छन्। 

लगातार स्वर्णपदक जितेपछि इलुडले भने, ‘म धेरै नै खुसी छु, यसले आउने जेनेरेसनलाई प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु। गत वर्ष ओलम्पिक स्थगित हुँदा निकै नै दुःखी थिए।’ 

इलुडको नाममा २ घण्टा १ मिनेट ३९ सेकेन्डको कीर्तिमान छ। उनले सन् २०१८ मा बर्लिन म्याराथनमा कीर्तिमान कायम गरेका थिए। 

इलुडले ओलम्पिकमा चार पटक पदक जितिसकेका छन्। 

उनले यसअघि २००४ को एथेन्स ओलम्पिकमा ५ हजार मिटरमा कांस्य तथा २००८ को बेइजिङ ओलम्पिकमा रजत पदक जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad