विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नपर्ने राजनीतिक दस्तावेज सार्वजनिक गरेका कारण सामाजिक सञ्जालमा व्यापक खाली खानुपरिरहेको बताएका छन्।
ती सबैलाई आफूले मुस्कुराएर ग्रहण गरेको उनको भनाइ छ। साथै उनले आफ्ना शुभेच्छुकहरूलाई त्यही तहमा ओर्लिएर तिनलाई गाली नफर्काउन आग्रह पनि गरेका छन्।
‘मैले आफूले त सामाजिक सञ्जालमा सामना गर्न सम्भवतः कुनै गाली बाँकी छैन होला। ती सबै मैले मुस्कुराएरै ग्रहण गरेको छु,’ अध्यक्ष मिश्रले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर मलाई गाली गर्नेहरूसँग भद्र विमति स्वागतयोग्य भए पनि उहाँहरूमाथि त्यही तहमा ओर्लिएर अभद्र/तिक्त शब्दहरू प्रयोग गर्ने र लाञ्छनाहरू लगाउने कार्य नगरिदिन म मेरा सबै शुभच्छुकहरूलाई हृदयदेखि आग्रह गर्दछु।’
Shares

प्रतिक्रिया