समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीय पुरुषको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीय पुरुषको मृत्यु

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १२:१०, कैलाली

कैलालीमा टिपरको ठक्करबाट मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ।

चुरे गाउँपालिका-५ खानीडाँडामा मधेस प्रदेश ०३-००१ क ३११७ नम्बरको टिपरले बा.प्र ०२-०३५ प. ३८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने ५५ वर्षीय शिव बहादुर बमको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad