समाज


बाजुरामा एनटीसीको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, २ घाइते

जिप सडकबाट ८० मिटर तल खस्यो, मृतकको सनाखत हुन बाँकी
बाजुरामा एनटीसीको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, २ घाइते

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १२:२९, कञ्चनपुर

बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। 

जगन्नाथ गाउँपालिका- २ काँडाकोटमा मंगलबार बिहान नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार टावर मर्मतका लागि कैलालीको अत्तरियाबाट आएको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ। 

दुर्घटनामा परेर मृत्यु हुनेको सनाखत हुन सकेको छैन। घाइतेलाई उपचारका लागि ल्याउन एम्बुलेन्स पठाइएको प्रहरी निरीक्षक चौधरीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad