सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति बाजुरा क्याम्पसले विद्यार्थीहरूलाई परिचयपत्र अनिवार्य बनाउन आग्रह गरेको छ।
बुधबार एक सूचना जारी गर्दै निर्वाचन समितिका संयोजकले चैत २७ गते हुने स्ववियु निर्वाचन प्रयोजनका लागि चैत २३ गतेसम्म परिचयपत्र बनाइसक्न आग्रह गरेका हुन्।
तोकिएको अवधिपछि परिचयपत्र बनाउन नसकिने र परिचयपत्रबिना मतदान प्रक्रियामा सहभागी हुन नपाउने पनि निर्वाचन समितिले जनाएको छ।

36
Shares

प्रतिक्रिया